काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ८.३० अंकले घट्दै २६५३.४० बिन्दुमा झरेको हो।
आजको कारोबारमा ८५ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ पुगेको छ।
कारोबारमा आएका कम्पनीमध्ये १०३ वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। त्यस्तै, १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सानिगाढ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यसैगरी स्नो रिभर्स १४.९९ प्रतिशत, कांलगा हाइड्रो १४.९८ प्रतिशत, नेपाल फाइनान्स १४.९२ प्रतिशत र खानीखोला हाइड्रोपावर ११.६३ प्रतिशतले उकालो लागेको छ।
त्यसैगरि, कृषि बण्डको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
केबीएल डिबेन्चरको ३९ करोड ६४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड ५५ लाख, बेष्ट फाइनान्सको १० करोड, सेन्ट्रल फाइनान्सको ८ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।



































