National life

असार मसान्तको दबाबमा सेयर बजार, सुधारको पर्खाइ जारी

कुल कारोबार रकम ६ अर्ब ८६ करोड रुपैयाँ नाघेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.6kShares
असार मसान्तको दबाबमा सेयर बजार, सुधारको पर्खाइ जारी
ncell

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली सेयर बजार सामान्य रूपमा ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.१३ अंकले घट्दै २६००.७८ विन्दुमा झरेको छ, जुन ०.०४ प्रतिशतको गिरावट हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, ठूला तथा बलिया कम्पनीहरूको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५३.६० विन्दुमा सीमित भएको छ।

आज बजारमा ३६७ वटा कम्पनीका १ करोड ६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ८६ करोड रुपैयाँ नाघेको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ समूहमा वृद्धि देखियो भने ७ समूहमा गिरावट आएको छ। व्यापार समूह सबैभन्दा बढी १.२७ प्रतिशतले उकालो लाग्दा लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहमा पनि सामान्य वृद्धि देखिएको छ।

यता विकास बैंक समूहमा सबैभन्दा बढी ०.३९ प्रतिशत गिरावट आएको छ। बैंकिङ, फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र अन्य समूहमा पनि सामान्य गिरावट देखिएको छ।

कारोबारका आधारमा आज नेपाल बैंक डिबेञ्चर २०८७ अगाडि रह्यो, जसको झण्डै ९० करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, आरबीबीएल डिबेञ्चर २०८३, सानिमा डिबेञ्चर २०८७ र एसबीएल डिबेञ्चर २०८९ पनि उच्च कारोबार हुने सूचिमा परे।

आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढेको छ। कुमारी इक्विटी फण्ड, कालंगा हाइड्रो र सानिगाड हाइड्रोको मूल्य पनि उल्लेख्य रूपमा उकालो लागेको छ।

अर्कोतर्फ, भगवती हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी ७.८४ प्रतिशतले घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?