National life
cg eloctronics

ड्राइभिङ अनुभव सुरक्षित बनाउन गुगलको उन्नत लेन ट्र्याकिङ प्रविधि घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० जेठ २०८३, आइतबार
1.3kShares
ड्राइभिङ अनुभव सुरक्षित बनाउन गुगलको उन्नत लेन ट्र्याकिङ प्रविधि घोषणा
ncell

काठमाडौं । टेक कम्पनी Google ले आफ्नो म्याप्स सेवा थप उन्नत बनाउँदै चालकका लागि ‘लाइभ लेन गाइडेन्स’ नामक नयाँ सुविधा सार्वजनिक गर्ने घोषणा गरेको छ । यो फिचरले गाडी चलाउने क्रममा लेन चयनलाई अझ सुरक्षित र सहज बनाउने लक्ष्य राखेको छ ।

यसअघि Google Maps ले सडकमा कति लेन छन् र कुन लेन प्रयोग गर्ने भन्ने सामान्य जानकारी मात्र दिने गर्थ्यो । तर नयाँ प्रणालीले रियल–टाइममा गाडीको स्थिति विश्लेषण गरी चालकलाई तत्काल सही लेनमा सर्न निर्देशन दिनेछ, जस्तै ‘बायाँ सर्नुहोस्’ वा ‘दायाँ सर्नुहोस्’ भन्ने स्पष्ट संकेतहरू।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो प्रविधि एआई र फ्रन्ट–फेसिङ क्यामेराको संयोजनमा आधारित हुनेछ, जसले सडकका लेन चिन्ह र ट्राफिक संकेतलाई प्रत्यक्ष रूपमा पहिचान गरी विश्लेषण गर्नेछ । तर यो सुविधा सबै प्रणालीमा उपलब्ध हुनेछैन ।

गुगलले स्पष्ट पारे अनुसार यो फिचर स्मार्टफोन-आधारित Android Auto मा उपलब्ध हुनेछैन । यसको सट्टा यो केवल गाडीमै इम्बेड गरिएको Android Automotive प्रयोग गर्ने सवारी साधनहरूमा मात्र सीमित रहनेछ ।

किनभने यस प्रणालीलाई गाडीको क्यामेरा र आन्तरिक सेन्सरसँग प्रत्यक्ष एकीकरण आवश्यक हुन्छ, जुन Android Auto मार्फत सम्भव हुँदैन । Android Auto केवल मोबाइल स्क्रिनको एक्सटेन्सन भएकाले हार्डवेयर पहुँच सीमित हुन्छ ।

यो नयाँ एआई–आधारित नेभिगेसन अनुभव पहिलो पटक Polestar 4 मा उपलब्ध गराइनेछ । यस गाडीमा चालकले ड्यासबोर्ड डिस्प्लेमार्फत आफ्नो गाडीको लेन स्थिति र आवश्यक निर्देशनहरू वास्तविक समयमा हेर्न सक्नेछन् ।

अन्य सवारी साधनमा भने यो सुविधा क्रमशः विस्तार गरिनेछ, तर कुन मोडल पहिले समावेश गरिने भन्ने विस्तृत सूची कम्पनीले सार्वजनिक गरेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?