National life
cg eloctronics

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणा बढ्यो, राष्ट्र बैंकले दियो अस्थायी छुट

1. डिजिटल भुक्तानीमा राष्ट्र बैंकको सहुलियत, अब दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न मिल्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|३० असोज २०८३, शुक्रबार
350Shares
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणा बढ्यो, राष्ट्र बैंकले दियो अस्थायी छुट
ncell

काठमाडौं । दशैं, तिहार र छठलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने संख्यात्मक सीमा पाँच गुणाले बढाएको छ। यससँगै निश्चित चाडपर्व अवधिमा व्यक्तिगत वालेटमा एक दिनमा अधिकतम १० पटकको सट्टा ५० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असोज २९ गते भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो अस्थायी सहुलियत दिएको हो। यस व्यवस्थाले चाडपर्वका बेला पटकपटक वालेटमा रकम प्राप्त गर्नुपर्ने प्रयोगकर्तालाई सहज हुने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परिपत्रअनुसार बडादशैंका अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक अधिकतम ५० पटक रकम जम्मा गर्न सकिनेछ। यस्तै, शुभदीपावली तथा छठका अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म पनि यही सुविधा लागू हुनेछ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था छ। राष्ट्र बैंकले चाडपर्वलाई ध्यानमा राख्दै उक्त संख्यात्मक सीमामा निश्चित अवधिका लागि छुट दिएको हो।

तर, यो सुविधा वालेटमा रकम जम्मा गर्न सकिने पटकको संख्यामा मात्रै लागू हुनेछ। राष्ट्र बैंकको परिपत्रले वालेटमा जम्मा गर्न सकिने रकमको मौद्रिक सीमा बढाएको उल्लेख गरेको छैन। त्यसैले दैनिक ५० पटक रकम जम्मा गर्न पाइने व्यवस्थालाई रकमको सीमा पनि बढाइएको अर्थमा बुझ्न मिल्दैन।

राष्ट्र बैंकले सहुलियत उपलब्ध गराउनुका साथै कारोबारको विवरण बुझाउनुपर्ने व्यवस्था पनि गरेको छ। छुट लागू भएको अवधिमा भएका कारोबारको संख्या र कुल कारोबार रकमबारे सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाहरूले भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्नेछ।

यो व्यवस्था निश्चित मितिका लागि मात्रै लागू हुने भएकाले चाडपर्वको अवधि समाप्त भएपछि वालेटमा रकम जम्मा गर्ने संख्यात्मक सीमा पुनः नियमित व्यवस्थाअनुसार कायम हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
350SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?