काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार १९ गते) अमेरिकी डलरको भाउमा थोरै वृद्धि देखिएको छ । राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको अद्यावधिक विनिमय दरअनुसार एक अमेरिकी डलरको भाउ २९ पैसाले बढेको हो ।
यस्तै एक युरोपियन यूरोको खरीददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरीददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा, १० जापानी येनको खरीददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा कायम भएको छ।
त्यसैगरी कतारी रियाल एकको खरीददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा कायम भएको छ । एक यूएई दिरामको खरीददर ३७ रुपैयाँ २५ पैसा रहँदा बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा कायम भएको छ । मलेसियन रिंगिट एकको खरीददर ३२ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ।
आज एक कुवेती दिनारको खरीद दर ४४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४५० रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै, एक बहरिनी दिनारको खरिददर ३८२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६४ रुपैयाँ ५७ पैसा रहेको छ। अर्कोतर्फ एक ओमानी रियालको खरिद दर ३५५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५६ रुपैयाँ ९५ पैसा रहेको छ।
































