National life
cg eloctronics

अर्थमन्त्रीसँग छलफल पश्चात भोलि नै मौद्रिक नीति ल्याउँने तयारीमा राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ साउन २०८१, बिहिबार
431Shares
अर्थमन्त्रीसँग छलफल पश्चात भोलि नै मौद्रिक नीति ल्याउँने तयारीमा राष्ट्र बैंक
ncell

काठमाडौं। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि शुक्रवार सार्वजनिक गर्ने गरी तयारीमा जुटेको छ। अर्थमन्त्री विष्णु पौडेलसँगको लामो छलफलपछि गभर्नर महाप्रसाद अधिकारीले भोलि मौद्रिक नीति ल्याउने तयारी गरेका हुन।

आज मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बस्दै छ । उक्त बैठकमा अहिलेको वर्तमान अवस्था र आगामी मौद्रिक नीतिमा लिने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल गरिने भएको छ। केन्द्रीय बैंकले आगामी नीतिका विषयमा बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पनि छलफल गरिसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले मौद्रिक नीतिको सार्वजनिक गर्नुपूर्व निजी क्षेत्रबाट नीति लचिलो बनाउन सुझाव संकलन गरिसकेको छ । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति ल्याउने तयारी गरेको बुझिएको छ।

कर्जा माग नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको, ब्याजदर निकै तल झरिसकेको, रेमिट्यान्स बढिरहेको, विदेशी मुद्रा सञ्चिति, शोधनान्तरलगायत सूचक बलियो रहेको मौकाको सदुपयोग गर्दै राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा कर्जा विस्तारलाई प्रोत्साहन हुने खालका व्यवस्था गर्न लागेको हो ।

ब्याजदर वाञ्छित सीमामा राख्दै वित्तीय स्थायित्व नखलबलिने र बजेटमार्फत सरकारले तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोगी हुने गरी राष्ट्र बैंक यस वर्षको मौद्रिक नीति तर्जुमाको अन्तिम तयारीमा जुटेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?