National life

आइएमई लाइफले आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
633Shares
आइएमई लाइफले आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार १ गतेदेखि कूल पूँजी ४ अर्बको ३० प्रतिशतका दरले प्रतिकित्ता २३६.९१ रुपैयाँमा १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो ।

जसमा कम्पनीले १ करोड २० लाख कित्ता साधारण शेयरको १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुको लागि निष्काशन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुटाइएको छ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुटाएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि विक्री गरिने कम्पनीले जनाएको छ ।

उक्त शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । उक्त शेयरमा वैदेशिक रोजगारीमा रहेकाहरुले असार १ गतेदेखि असार १५ गतेसम्म् आवेदन दिन सक्नेछन् । त्यस्तै सर्वसाधारण लगानीकर्ताले भने असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त छिटो अवधिमा पनि सबैका लागि आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेय प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ भने कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?