काठमाडौँ । आज सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेकाे हाे ।
आज तोलामा ३०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ रहेकामा आज १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ ।
सोमबारदेखि घट्न थालेको सुन लगातार बुधबारसम्म घटेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
































