काठमाडौँ । आज सुनचाँदीकाे मूल्य स्थिर कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा कारोबार भएको हो ।
शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर कायम रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ ।




































