काठमाडौँ। आज देशभर ७६औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने काठमाडौँसहित देशका प्रमुख शहरहरूमा विशेष समारोह, प्रभातफेरी, दीपप्रज्वलन तथा शहीदप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ ।
वि.सं.
प्रजातन्त्र स्थापनापछि मुलुकले विभिन्न राजनीतिक उतारचढाव पार गर्दै लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्ने यात्रामा अघि बढ्यो। प्रजातन्त्रकै जगमा टेकेर नेपालले बहुदलीय व्यवस्था, संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरिसकेको छ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र सार्वभौमसत्ता जनतामा निहित हुन्छ भन्ने मूल मान्यतालाई जनसंघर्ष तथा वीरवीरांगना शहीदहरूको बलिदानबाट स्थापित गरिएको थियो। त्यसैले फागुन ७ नेपाली इतिहासमा गौरवपूर्ण, प्रेरणादायी र अविस्मरणीय दिनका रूपमा स्मरण गरिन्छ।
इतिहासअनुसार तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा शासनको अन्त्य भएको थियो। त्यसपछि राणा र नेपाली कांग्रेस सम्मिलित अन्तरिम सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासन व्यवस्थाको औपचारिक सुरुआत भएको थियो।






































