National life

एनएमबि बैंकले कमायो २ अर्ब ३७ करोड बढी खुद नाफा, यी सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
450Shares
एनएमबि बैंकले कमायो २ अर्ब ३७ करोड बढी खुद नाफा, यी सूचकमा देखियो प्रगति
ncell

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षका तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवमा बैंकको खुद नाफा झण्डै ६ प्रतिशतले वृद्धि भएको हो।

बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेकाले खुद नाफा बढ्न मद्दत पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै साढे ६ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंकको कुल सञ्चालन आम्दानी पनि ७ अर्ब २० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक सञ्चालन नाफा समेत साढे ३ अर्ब रुपैयाँ नाघेको छ । योसँगै गत वर्ष ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष भने १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा भने २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ। बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३१ करोड रुपैयाँ र रिजर्भ कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चिति रहेको छ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रति शेयर आम्दानी समेत वृद्धि भएको छ। बैंकको प्रतिशेयर आम्दानी गत वर्ष १६ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ २३ पैसा पुगको छ।

यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?