National life

एनएमबी बैंकको सीईओको जिम्मेवारीमा गोविन्द घिमिरे

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
474Shares
एनएमबी बैंकको सीईओको जिम्मेवारीमा गोविन्द घिमिरे
ncell

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । मंगलबार सुनिल केसीको कार्यकाल सकिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेको काँधमा आएको हो । बैंक सञ्चालक समितिको बैठकले २०८२ वैशाख १० गतेदेखि गतेदेखि लागू हुने गरी घिमिरेलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

गत फागुनमा नै बैंक सञ्चालक समितिले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि घिमिरे बैंकको डेप्युटी सीईओ रहेका थिए । घिमिरेको कार्यकाल ४ वर्षको हुनेछ ।

तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरेका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

यस्तै, बैंकले सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरेको छ । यसअघि नायब प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्याय सिनियर डीसीईओमा बढुवा भएका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?