काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ७.८८ प्रतिशतले धेरै हो । गत वर्ष यो बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुष समान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको भन्दा ७.९० प्रतिशतले बढी हो । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ४० करोड पुगेको छ।
यस अवधिमा बैंकको खराब कर्जा दर ०.५५ प्रतिशतबाट बढेर ०.७७ प्रतिशतमा पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ ।


































