National life

कर्फ्यू र हिंसाबीच जेन-जी युवा सडकमा : मृतक १८, घाइते २५६ कुन अस्पतालमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
1.1kShares
कर्फ्यू र हिंसाबीच जेन-जी युवा सडकमा : मृतक १८, घाइते २५६ कुन अस्पतालमा कति ?
ncell

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध जेन–जी युवाहरूले सुरु गरेको आन्दोलन सोमबार देशभर उग्र बन्दै जाँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २५६ जना घाइते भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १६ जनाले ज्यान गुमाएका छन्। उपत्यकाबाहिर विभिन्न जिल्लामा भएका प्रदर्शनमा समेत ठूलो संख्यामा युवा घाइते भएका छन्।

काठमाडौंमा भिडन्त, कर्फ्यूबीच निरन्तर प्रदर्शन

कर्फ्यू जारी भएको काठमाडौंमा आन्दोलनकारीले सडक नछाड्दा प्रहरीले बल प्रयोग गर्नुपरेको थियो।

Royal Enfield
nic asia capital
संघीय संसद भवनतर्फ प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र सोही क्रममा मृतक तथा घाइतेको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ।

अस्पतालवार मृत्यु र घाइतेको विवरण

राष्ट्रिय ट्रमा सेन्टर : ८ जनाको मृत्यु, ४९ घाइते उपचाररत। गम्भीर अवस्थालाई ध्यानमा राख्दै विपद् योजना लागू गरिएको छ।

सिभिल अस्पताल : ३ जनाको मृत्यु, १०० घाइते उपचाररत। तीमध्ये १५ जनालाई ट्रमा सेन्टर र वीर अस्पतालमा रिफर गरिएको छ।

वीर अस्पताल : ६ जना घाइते उपचाररत।

एभरेष्ट अस्पताल : ३ जनाको मृत्यु, ३४ घाइते, जसमा ७ जनाको अवस्था गम्भीर।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान : ४ घाइते उपचाररत।

काठमाडौं मेडिकल कलेज (केएमसी) : २ जनाको मृत्यु, ३२ घाइते उपचाररत। तीमध्ये ६ जनाको तत्काल शल्यक्रिया आवश्यक।

त्रिवि शिक्षण अस्पताल : १ जनाको मृत्यु, १८ घाइते उपचाररत।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल : ३ घाइते उपचाररत।

उपत्यकाबाहिरको स्थिति

उपत्यकाबाहिर पनि आन्दोलन उग्र बनेको छ।

पोखरा (गण्डकी अस्पताल) : १ घाइते।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान : २ घाइते।

झापा, दमक : ७ घाइते।

इटहरी : प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको पुष्टि।

काठमाडौं बाहेक पोखरा, झापा, मोरङलगायतका जिल्लामा पनि आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ। प्रहरीको बल प्रयोगसँगै आन्दोलनकारीको प्रतिकारले स्थिति अझै चर्किँदै गएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?