National life

सेयर बजारमा पौने ५ अर्बको कारोबार, यी कम्पनीको सेयरमा बढी किनबेच

आज बजारमा १ करोड २६ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
345Shares
सेयर बजारमा पौने ५ अर्बको कारोबार, यी कम्पनीको सेयरमा बढी किनबेच
ncell

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २,५९८.८९ अंकमा झरेको छ।

Royal Enfield
nic asia capital

आज बजारमा १ करोड २६ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ७६ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ११० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बुधबार सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १४.३७ प्रतिशतले बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको ८.४१ प्रतिशत, घलेम्दी हाइड्रोको ७.३१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ५.२६ प्रतिशत र पिपल्स हाइड्रोपावरको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ।

त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३९ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पिपल्स् हाइड्रोपावरको २२ करोड ८३ लाख, मन्जुश्री फाइनान्स प्रमोटरको १८ करोड ७२ लाख, शिवम् सिमेन्टको १५ करोड २८ लाख, सिद्वार्थ बैंकको १४ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्र बजार परिसूचक सामान्य अंकले घटे पनि केही जलविद्युत् तथा वित्तीय कम्पनीको सेयरमा भने उल्लेख्य वृद्धि देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
345SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?