National life

संसद्मा नोटबन्दीको माग, ५०० र १,००० दरका नोट विस्थापन गर्न सांसदहरूको आग्रह

कालो धन नियन्त्रणका लागि नोटबन्दी गर्नुपर्ने सांसदहरूको जोड, हस्ताक्षर अभियान चलाउने तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
377Shares
संसद्मा नोटबन्दीको माग, ५०० र १,००० दरका नोट विस्थापन गर्न सांसदहरूको आग्रह
ncell

काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न ५०० र १,००० दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार तथा अवैध गतिविधिबाट जम्मा भएको रकम नियन्त्रण गर्न नोटबन्दीको विकल्प अपनाउनुपर्ने धारणा राखेपछि संसद्मा यस विषयमा बहस भएको हो।

सांसद न्यौपानेले विगत ३५ वर्षदेखि राज्य दोहनबाट जम्मा भएको भनिएको कालो धनले सुशासनमा चुनौती थपेको दाबी गरे। उनले भारतको उदाहरण दिँदै नेपाल राष्ट्र बैंक ऐनमा रहेको व्यवस्थाको प्रयोग गरी पुराना उच्च दरका नोट विस्थापन गर्न सरकारसँग आग्रह गरे।

Royal Enfield
nic asia capital

उनले भ्रष्टाचारबाट आर्जित रकम निष्क्रिय बनाउन तत्काल नोटबन्दी गरी नयाँ नोट जारी गर्नुपर्ने बताए।

न्यौपानेको प्रस्तावलाई समर्थन गर्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आफ्नो दलको पूर्ण समर्थन रहेको बताए। आवश्यक परे नोटबन्दी कार्यान्वयनका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्नसमेत आफूहरू तयार रहेको उनको भनाइ थियो।

दुलालले सत्तारूढ दलले नोटबन्दी कार्यान्वयन गर्न ढिलाइ गर्नुको कारणबारे प्रश्न उठाउँदै सभामुखसमक्ष यस विषयमा रुलिङ गर्न माग गरे।

उच्च दरका नोटमा प्रतिबन्ध लगाएर अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्ने विषय सांसदहरूले संसद्मा उठाएपछि नोटबन्दीसम्बन्धी बहस थप चर्किएको छ।

यो समाचार शेयर गर्नुहोस्
377SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?