National life

काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चित कर्फ्यु आदेश जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ भदौ २०८२, मङ्गलबार
967Shares
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चित कर्फ्यु आदेश जारी
ncell

काठमाडौं, भदौ २२ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाभित्र पर्ने चक्रपथ क्षेत्रलाई लक्षित गर्दै मंगलबार बिहान ८:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।

प्रशासनले एक सूचनामार्फत सार्वजनिक शान्ति सुरक्षामा आँच पुग्ने सम्भावना देखिएको भन्दै कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। आदेश लागू अवधिमा सो क्षेत्रभित्र सर्वसाधारणको आवतजावत, जमघट, र भेला निषेध गरिएको छ।

तर, कर्फ्यु अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधनलाई भने छुट दिइएको छ। तीमध्ये एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारीसाधन, पर्यटक सवारीसाधन, मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरू, साथै हवाई यात्राको टिकट देखाएर यात्रा गर्ने यात्रुहरूको हकमा सुरक्षाकर्मीमार्फत आवतजावतमा सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ।

Royal Enfield
nic asia capital

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै उल्लंघन गर्ने व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?