काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका छन् ।राष्ट्रिय योजना आयोगका सदस्य रहेका श्रेष्ठले आयोग हाल काजमा योजना आयोगमा काम गरिरहेका थिए ।
राष्ट्र बैंकको आगामी गभर्नरका आकाँक्षी देखिएका श्रेष्ठले राष्ट्र राजीनामा दिनुलाई विशेष रूपमा हेरिएको छ। श्रेष्ठ हालसम्म राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत थिए।
राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन्।
२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । उनले अर्थशास्त्रमा पिएचडी गरेका छन्। यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला अहिलेका अर्थमन्त्री विष्णु पौडेल नै अर्थमन्त्री थिए। पौडेलले त्यसबेलै श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन्।
यस अघि सोमवार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले समेत नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएका थिए ।
































