National life

गैरबैंकिङ सम्पत्ति ८० प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
536Shares
गैरबैंकिङ सम्पत्ति ८० प्रतिशतले बढ्यो
ncell

काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा उल्लेख्य वृद्धि भएको छ । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति चालु आवको फागुन मसान्तसम्मको अवधिमा ८०.०३ प्रतिशतले बढेको हो ।

बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वीकृत गरेर राख्ने सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति मानिन्छ ।

Royal Enfield
nic asia capital
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३६ अर्ब २० करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६ अर्ब ९ करोड ५६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति २० अर्ब ११ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

गैरबैंकिङ सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति १४५ प्रतिशतले बढेर ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा गैरबैंकिङ सम्पत्ति धेरै हुने दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ । चालु आवको ८ महिनामा हिमालयनसँग ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । जुन गत आवको तुलनामा ४३७ प्रतिशतले बढी हो ।

त्यस्तै, एनआईसी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति ३५ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड, नबिल बैंकको १५४ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५८ प्रतिशतले बढेर ३ अर्ब १० करोड, कुमारी बैंकको ३८ प्रतिशतले बढेर २ अर्ब ५८ करोड र प्राइम बैंकको २.५४ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

चालु आवको फागुन मसान्तसम्ममा लक्ष्मी सनराइजको १९ प्रतिशतले बढेर १ अर्ब ६२ करोड, प्रभु बैंकको ११९ प्रतिशतले बढेर १ अर्ब २६ करोड, एनएमबि बैंकको ४४ प्रतिशतले बढेर १ अर्ब १४ करोड, सिटिजन्स बैंकको २५० प्रतिशतले बढेर १ अर्ब ५ करोड, कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । अन्य ७ बैंकको गैरबैंकिङ सम्पत्ति भने १ अर्ब तल रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?