National life

जनउत्थान सामुदायिकको नाफामा उछाल, खुद ब्याज आम्दानी ६.७८% ले बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०३ जेठ २०८३, आइतबार
898Shares
जनउत्थान सामुदायिकको नाफामा उछाल, खुद ब्याज आम्दानी ६.७८% ले बढी
ncell

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ। संस्थाले यो अवधिसम्म १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ७ लाख ६९ हजार रुपैयाँको तुलनामा अत्यधिक वृद्धि हो।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ। समीक्षा अवधिसम्म संस्थाले ९ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ९ करोड ९ लाख रुपैयाँको तुलनामा ६.७८ प्रतिशतले बढी हो।

Royal Enfield
nic asia capital

त्यस्तै, कुल सञ्चालन आम्दानी ११ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ करोड ४७ लाख रुपैयाँ कायम भएको छ।

यद्यपि, संस्थाको वितरणयोग्य मुनाफा भने १२ लाख ८५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। साथै, खराब कर्जा अनुपातमा उल्लेखनीय वृद्धि देखिएको छ, जुन अघिल्लो वर्षको ६.५२ प्रतिशतबाट बढेर २१.४५ प्रतिशत पुगेको छ। यसै कारण संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ७२ लाख रुपैयाँ छुट्टाएको छ।

समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी ८.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७०.११ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
898SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?