National life

जीवन बीमा कम्पनीबाट मंसिरमा मात्र ९ हजार पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
518Shares
जीवन बीमा कम्पनीबाट मंसिरमा मात्र ९ हजार पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?
ncell

काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीका नौ‌ हजार ७४४ बीमालेख सरेन्डर भएका छन् । यस अवधिमा बीमितहरुले एक अर्ब आठ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत कार्तिक महिनाको तुलनामा मंसिरमा बीमालेख सरेन्डर गर्ने बीमितको संख्या ३६.७४ प्रतिशतले बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत कार्तिक महिनामा छ हजार ९१ बीमितहरुले ७९ करोड ४९ लाख ८९ हजार रुपैंयाको मात्र बीमा पोलिसी सरेन्डर गरेका थिए ।

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । प्राधिरकणका अनुसार मंसिरमा नेपाल लाइफका दुइ हजार ४२५ बीमितले ३६ करोड ३५ लाख १० हजार रुपैयाँको पोलिसी त्याग गरेका हुन् ।

त्यस्तै, मंसिर महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २२ करोड आठ लाख १४ हजार रुपैंया बराबरको एक हजार ९४७ बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसैगरी यसै अवधिमा राष्ट्रिय बीमा संस्थानको १२ करोड पाँच लाख ६६ हजार रुपैंया बराबरको एक हजार ५८५ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको एक हजार ९९ वटा बीमालेख मार्फत आठ करोड ७१ लाख ७६ हजार रुपैंया बराबरको पोलिसी त्याग भएका छन् । हिमालयन लाइफ इन्स्योरेन्सको ७१८ वटा बीमा लेखमार्फत पाँच करोड ८७ लाख ७८ हजार रुपैंयाको सरेन्डर भएको पोलिसी सरेण्डर भएको तथ्यांकले देखाएको छ। ।

सूर्यज्योति लाइफको छ करोड ४९ लाख रुपैया बराबरको, नेशनल लाइफ इन्स्योरेन्सको छ करोड ८२ लाख ७५ हजार रुपैयाँ बराबरको ४२२ वटा, मेट लाइफको ३२६ वटा बीमालेख मार्फत तीन करोड ८० लाख रुपैंया बराबर, सानिमा रिलायन्सको दुई करोड ३४ हजार रुपैंया बराबरको १६० वटा, यस्तै, सिटिजन लाइफको ९२ लाख ३० हजार रुपैयाँ बराबरको १४६ वटा पोलिसी सरेन्डर सरेण्डर भएको छ। ।

प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट एक करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरको १४० वटा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६६ लाख ८६ हजार रुपैंया बराबरको ११८ वटा, आइएमई लाइफको एक करोड १४ लाख ५४ हजार रुपैंया बराबरको ११२ वटा र सबैभन्दा कम सन नेपाल लाइफको ६५ लाख पाँच हजार रुपैंया बराबरको ७२ वटा पोलिसी सरेन्डर भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?