National life

जीवन बीमा कम्पनीहरुको नाफामा १४.८५ % ले बृद्धि, सिटिजन र नेपाल लाइफ अग्रभागमा, अन्यको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
463Shares
जीवन बीमा कम्पनीहरुको नाफामा १४.८५ % ले बृद्धि, सिटिजन र नेपाल लाइफ अग्रभागमा, अन्यको कति ?
ncell

काठमाडौँ। हाल सञ्चालनमा रहेका १४ जीवन कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा १४ जीवन बीमा कम्पनीहरूले करिब साढे तीन अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको तुलनामा कम्पनीहरूको मुनाफा १४.८५ प्रतिशतले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार  बीमा कम्पनीहरूले यस अवधिमा कुल तीन अर्ब ४८ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा कम्पनीहरूले तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र वृद्धिदरको आधारमा सिटिजन लाइफ अग्रस्थानमा रहेका छन्। समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी रहेको छ। कम्पनीले गत आवमा ४२ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

दोस्रो स्थानमा रहेको हिमालयन लाइफको मुनाफा ८.७३ प्रतिशतले वृद्धि भई ३४ करोड ६० लाख रुपैयाँबाट ३७ करोड ६२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफले यस अवधिमा कम्पनीले ३५ करोड तीन लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ।

त्यस्तै, चालु आवको पुष मसान्तसम्ममा सन नेपाल लाइफले २८ करोड २२ लाख रुपैयाँ, नेशनल लाइफले २७ करोड ९१ लाख रुपैयाँ, आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ, एशियन लाइफले २५ करोड तीन लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख रुपैयाँ र सिटिजन लाइफले २३ करोड नौ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यता, मेट लाइफ नेपालले २२ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख रुपैयाँ, एलआइसी नेपालको १४ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ८० लाख ६५ हजार रुपैयाँ खुद आजर्न गरेको वित्तीय विवरणमा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?