National life

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क १६ अर्बभन्दा बढी, कुनले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
431Shares
जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क १६ अर्बभन्दा बढी, कुनले कति ?
ncell

काठमाडौं । नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले चालु आवको माघ महिनासम्ममा १६ अर्बभन्दा बढीको प्रथम बीमा शुल्क आर्जन गरेका छन्। बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार माघ महिनासम्ममा पाँच कम्पनीको प्रथम बीमा शुल्क आम्दानी वृद्धि भएको छ भने ९ बीमा कम्पनीको प्रथम बीमा शुल्क घटेको छ । देशमा पछिल्लो समयमा देखिएको आर्थिक मन्दीकाबीच पनि जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन मात्र दुई प्रतिशतले घटेको छ ।

यस अवधीमा नेपाल लाइफको प्रथम बीमा शुल्क आम्दानी २१.३० प्रतिशतले बृद्धि भई तीन अर्ब ६७ करोड पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको यसै अवधीमा कम्पनीको यस्तो रकम तीन अर्ब तीन करोड रहेको थियो । त्यस्तै, दोस्रोमा रहेको नेशनल लाइफको प्रथम बीमा शुल्क १८.७१ प्रतिशतले बृद्धि भई दुई अर्ब ३५ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । गत आवको यसै अवधीमा कम्पनीले एक अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो। त्यस्तै तेस्रोमा आइएमई लाइफको प्रथम बीमा शुल्क ७.५४ प्रतिशतले वृद्धि भई ७६ करोड ७५ लाख पुगेको छ। गत आवको यसै अवधीमा कम्पनीको यस्तो रकम ७१ करोड ३७ लाख रहेको थियो।

जीवन बीमा कम्पनीहरुले सात महिनामा संकलन गरेको १७ अर्ब प्रथम बीमा शुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफले तीन अर्ब ६७ करोड, नेशनल लाइफले दुई अर्ब ३५ करोड, हिमालयन लाइफले एक अर्ब २० करोड, एलआईसी नेपालले एक अर्ब १९ करोड, सुर्यज्योति लाइफले एक अर्ब १५ करोड, सिटिजन लाइफले ९५ करोड एशियन लाइफले ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, सानिमा रिलायन्सले ८५ करोड, सन नेपालले ७७ करोड, आइएमई लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ७४ करोड, मेट लाइफले ७२ करोड, प्रभु महालक्ष्मी लाइफले ४५ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?