National life

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १० पुग्यो, ४० जना गम्भीर घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
538Shares
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १० पुग्यो, ४० जना गम्भीर घाइते
ncell

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताका युवा—जेनजी—सडकमा उत्रिएसँगै उत्पन्न भएको प्रदर्शनले शुक्रबार राजधानी तनावग्रस्त बनायो। प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ।

अस्पताल स्रोतका अनुसार मृत्यु भएकामध्ये ६ जना राष्ट्रिय ट्रमा सेन्टरमा, २ जना सिभिल अस्पतालमा, १ जना काठमाडौं मेडिकल कलेज (केएमसी) मा र १ जना त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन्।

ट्रमा सेन्टरमा मात्र ४० जनाको उपचार भइरहेको छ, जसमा एकजनाको अवस्था गम्भीर रहेको र १५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइएको छ।

Royal Enfield
nic asia capital
यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १० जना घाइते उपचाररत छन्।

प्रदर्शन बानेश्वर क्षेत्रमा उग्र बनेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो। भिड नियन्त्रण गर्ने क्रममा केही सुरक्षाकर्मी समेत घाइते भएको प्रहरीले जनाएको छ।

जेनजी पुस्ताले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै, सरकारले तोकेको समयसीमा सकिएपछि बन्द गरिएका सामाजिक सञ्जाल तत्काल सुचारु गर्नुपर्ने र दीर्घकालीन रूपमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने माग गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएपछि स्थिति थप चर्किएको हो। सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?