काठमाडौँ । शुक्रवार सुनको मूल्य बढेको छ। बिहीबार प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।
शुक्रवार सुनको मूल्य तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६७ हजार ३ सय ५५ रुपैयाँ तोकिएको छ।
यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय १० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ९ सय ८० रुपैयाँ ५० पैसा तोकिएको महासंघले जनाएको छ ।































