काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ।
उक्त हकप्रद सेयरका लागि यसले जेठ ५ गते बुक क्लोज गरिसकेको छ।
जेठ ४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरमा लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।
यो हकप्रदमा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्साल काठमाडौं तथा नबिल बैंक र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

































