काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजिनामा स्वीकृत गर्दै कायम मुकायम सीईओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ।
बैंकको चैत १३ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सीईओ ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका थिए।
https://aarthikvoice.com/archives/59388
बैंकले उक्त निर्णय स्वीकृत गर्दै बैंककै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई कामु सीईओको रूपमा जिम्मेवारी तोकेको कम्पनी सचिव विश्वप्रकाश पौडलले जानकारी दिएका छन्।



































