काठमाडौँ । एकपछि अर्को रेकर्ड बनाएको सुनको मूल्यमा आज गिरावट आएको छ । नयाँ वर्षको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य एकै पटक एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। पछिल्लो समय सुनको मूल्यमा दैनिक बढोत्तरी आएको र यो मूल्यले थप उचाइ दिने महासंघको भनाई छ ।
उता अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.६१ प्रतिशत अर्थात् १९.४३ डलरले बढेको हो ।
































