National life

नागरिकलाई संयमता अपनाउन सरकारका शीर्ष निकायका प्रमुखहरूको अपिल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२४ भदौ २०८२, मङ्गलबार
1KShares
नागरिकलाई संयमता अपनाउन सरकारका शीर्ष निकायका प्रमुखहरूको अपिल
ncell

काठमाडौं । काठमाडौँसहित मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै उच्च सरकारी निकायका प्रमुखहरूले संयमता अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन्।

सोमबार जारी संयुक्त अपिलमा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई शान्ति र संयम कायम राख्न आग्रह गरिएको छ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको परिस्थितिमा राजनीतिक संवादमार्फत छिटो समाधान खोज्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ।

Royal Enfield
nic asia capital

संयुक्त अपिलमा हस्ताक्षर गर्नेहरूमा प्रमुख सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?