National life

निर्जीवन बीमा कम्पनीहरूको नाफामा ५९.३८% ले गिरावट, कुन कम्पनीको कति घट्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
520Shares
निर्जीवन बीमा कम्पनीहरूको नाफामा ५९.३८% ले गिरावट, कुन कम्पनीको कति घट्यो ?
ncell

काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरूको मुनाफामा ५९.३८ प्रतिशतले भारी गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीले एक अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा एक अर्ब २५ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको सोही अवधिमा कम्पनीहरूले तीन अर्ब नौ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

वित्तीय विवरण अनुसार, चालु आवको पुष मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १८.८६ प्रतिशतले घटेर ४२ करोड ७२ लाख रुपैयाँबाट ३४ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ।

साथै, समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको खुद नाफा २५ करोड ७३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २२ करोड ५० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ करोड ५९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १५ करोड ६० लाख रुपैयाँ मुनाफा रहेको छ ।

प्रस्तुत वित्तीय विवरण अनुसार आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ३० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १२ करोड १६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको आठ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको सात करोड ४५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको छ करोड ९६ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ करोड ५८ लाख रुपैयाँ मुनाफा रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरूमध्ये द ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था भने कमजोर बनेको छ । जसमा ओरियण्टल इन्स्योरेन्स १९ करोड ७५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स ३६ करोड ९८ लाख रुपैयाँ नोक्सानी रहेको प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?