National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
490Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र आजदेखि बिक्री खुला
ncell

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र आज फागुन १ गते मंगलबारदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

Royal Enfield
nic asia capital

बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला भएको छ । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१०५ एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो ।यसमा वार्षिक १०५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?