National life

नेपाल टेलिकमले ५० एमबीपीएस स्पिडको डाटा निःशुल्क डाटा उपलब्ध गराउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
413Shares
नेपाल टेलिकमले ५० एमबीपीएस स्पिडको डाटा निःशुल्क डाटा उपलब्ध गराउने
ncell

काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनीले आगामी मंसिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा दिन लागेको हो ।

कम्पनीले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा महिना दिनसम्म यो सुविधा दिएको हो ।

यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशअनुसार फेरि १ डायल गर्न पर्ने कम्पनीले बताएको छ ।त्यसैगरी, नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ ।

एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले पुनः १९८ डायल गरेर १ थिच्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?