National life

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा मागभन्दा ६.८२ गुणा बढी आवेदन, कतिले दिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
484Shares
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा मागभन्दा ६.८२ गुणा बढी आवेदन, कतिले दिए ?
ncell

काठमाडौं। नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा दोस्रो दिनसम्ममा मागभन्दा ६.८२ गुणा बढी यो आवेदन परेको छ । कम्पनीको आइपीओमा १ करोड २५ लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन परेको छ ।

आज फागुन १२ गते सोमबार साँझसम्म ९ लाख ६५ हजार २२६ जना आवेदकले १ अर्ब २५ करोड ९६ लाख ५४ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले फागुन ११ गते देखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?