काठमाडौँ । आजदेखि नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ । मंगलबार स्पेसल प्रि ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुला भएको हो।
आज यही भाउलाई आधार बनाएर यसको नियमित कारोबार पनि सुरु भएको छ ।
नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुमा कारोबार खुला भएको हो ।
कम्पनीले बिहीबार कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो । कम्पनीले सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको थियो ।



































