National life

नेपाल लाइफले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
436Shares
नेपाल लाइफले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर
ncell

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । लाइफ इन्स्योरेन्सले आजै आफ्नो केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रममा बीच क्यालेन्डर सार्वजनिक गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको छ ।

कम्पनीका सीईओ पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्नुहुने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीमशुभकामना समेत व्यक्त गरेका छन् ।

उनले आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए ।

किनकी जीवन अमुल्य छ, भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० पौष मसान्त सम्ममा लगानी १ खर्ब ८७ अर्ब २८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जीवन बीमाकोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ र शेयरधनी कोषमा १० अर्व ३३ करोडभन्दा बढी रहेको छ ।

नेपाल लाइफले हाल देशभर आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप—प्रादेशिक कार्यालय र १ सय ८५ वटा शाखा÷उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण दिँदै आएको छ । त्यस्तै, हालसम्म २ खर्ब ४४ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क समेत आर्जन गरेको छ । कम्पनीले ग्राहकहरूको हितलाई ध्यानमा राखीसमयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?