काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आज लाभांश घोषणा गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको जनाएको हो ।
कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्र शेयरधनीमा वितरण हुने कम्पनीले जानकारी दिएको छ।





































