National life

पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
1.1kShares
पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन हो ।

कम्पनीले गत असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो।

कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।

Royal Enfield
nic asia capital
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?