National life

प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न बीमा प्राधिकरणको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
489Shares
प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न बीमा प्राधिकरणको निर्देशन
ncell

काठमाडौं । बीमा कम्पनीहरुलाई आईपीओमा उठाइएको प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । हालै प्रिमियममा आइपिओ जारी गर्ने बीमा कम्पनीहरूलाई प्राधिकरणले पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो।

हिमालयन रि इन्स्योरेन्स ,आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ ल्याएका हुन् । प्रिमियममा आईपीओ ल्याउने यी सबै कम्पनीलाई पत्राचार गरेर प्राधिकरणले आईपीओ जारी गर्दा प्रिमियममा उठाएको नौं अर्ब ३३ करोड ७२ लाख ५४ हजार रुपैयाँ जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्देशन कार्यान्वयन गर्न वुधबारै सबै कम्पनीलाई पत्राचार गरिएको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिसिलवालले बताए। गएको पुस १२ गते सार्वजनिक लेखा समितिले बीमा ऐन विपरीत बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषय सच्याउन भन्दै बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो । लेखा समितिको निर्देशन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई पत्राचार गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सले कुल तीन करोड कित्ता प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासनको अनुमति पाएको थियो ।हिमालयन रि’ले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँ आईपीओ बिक्री गरेको हो । जसले प्रिमियमबापत तीन अर्ब १८ करोड रुपैयाँ उठाएको छ । जुन रकम प्राधिकरणले जगेडा कोषमा राख्न भनेको छ ।

सिटिजन लाइफले एक करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको छ । सिटिजनले एक करोड छ लाख ८७ हजार ५०० कित्ता १४४ रुपैयाँ प्रिमियम जोडेर सर्वसाधारणलाई बिक्री गरेको थियो । जहाँ प्रिमियमबापत सिटिजनले एक अर्ब ५३ करोड ९० लाख रुपैयाँ उठाएको छ ।

आइएमई लाइफले पनि १ करोड २० लाख कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले  १ करोड १४ लाख कित्ता अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो आइएमईले प्रिमियमबापत १ अर्ब ५६ करोड ७ लाख ७४ हजार रुपैयाँ उठाएको थियो।

सन नेपाल लाइफले ९६ लाख कित्ता आइपीओ बिक्री गरेको थियो।

nic asia capital
कम्पनीले ९१ लाख २० हजार कित्ता अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो कम्पनीले प्रिमियमबापत १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ उठाएको थियो। यो रकम अब जगेडामा राख्नुपर्नेछ।

रिलायबल नेपाल लाइफले एक करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दा प्रिमियमबापत एक अर्ब ७८ करोड ९८ लाख रुपैयाँ संकलन गरेको थियो । एक करोड १४ लाख कित्ता अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?