National life

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १०० अर्ब निक्षेप तान्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
419Shares
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १०० अर्ब निक्षेप तान्दै
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न १ सय अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको छ । आज बिहीबार कात्तिक १ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १ सय अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १३ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साँवा र ब्याज भुक्तानी मिति कात्तिक १४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?