National life
cg eloctronics

बन्दीपुर केबलकारको आईपीओ श्रावण ६ गतेदेखि खुला हुने, कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
749Shares
बन्दीपुर केबलकारको आईपीओ श्रावण ६ गतेदेखि खुला हुने, कसले दिने आवेदन ?
muktinatha bikash bank

काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि श्रावण ६ गते (भोली) देखि आईपीओ निष्कासन गर्ने भएको छ।

यस अन्तर्गत आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्कासन गरिने छ। स्थानीयका लागि यो आवेदन श्रावण २० गतेसम्म खुला रहनेछ भने आवश्यकता परे भदौ ४ गतेसम्म विस्तार हुन सक्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विदेशमा रहेका नेपालीका लागि भने श्रावण ९ गतेसम्म खुला हुनेछ र आवश्यकता अनुसार भदौ २० सम्म विस्तार हुन सक्छ। कम्पनीको कुल जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ, जसको २०.७०६७ प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरिनेछ।

त्यसमा २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित स्थानीयवासीको लागि छुट्टाइएको छ भने बाँकी १८.७०६७ प्रतिशत अर्थात् ५२ लाख ९४ हजार कित्ता शेयर पछि सर्वसाधारणका लागि खुला गरिनेछ। उक्त सर्वसाधारण निष्कासनको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाइएको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?