National life

बिदाको दिन सरकारी कार्यालय बन्द : आधारभूत बैंकिङ सेवा जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ फागुन २०८२, बिहिबार
877Shares
बिदाको दिन सरकारी कार्यालय बन्द : आधारभूत बैंकिङ सेवा जारी
ncell

काठमाडौं । आज देशभर ७६औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ऐतिहासिक दिनको सम्मानमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। बिदाका कारण अधिकांश सरकारी कार्यालय, सार्वजनिक निकाय तथा औपचारिक क्षेत्रका संघसंस्थाहरू बन्द रहेका छन्।

सार्वजनिक बिदा भए पनि बैंकिङ सेवा भने पूर्ण रूपमा ठप्प भएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अधिकांश वाणिज्य बैंक तथा विकास बैंकहरूले सीमित रूपमा सेवा सञ्चालन गरेका छन्। नियमित कारोबार जस्तो पूर्ण क्षमतामा सेवा नदिए पनि ग्राहकको अत्यावश्यक आवश्यकतालाई मध्यनजर गर्दै निश्चित शाखा र काउन्टरमार्फत आधारभूत बैंकिङ सेवा उपलब्ध गराइएको छ।

बैंकहरूले मुख्यतः नगद जम्मा–झिक्ने, चेक क्लियरिङ, रेमिट्यान्स भुक्तानी तथा अत्यावश्यक भुक्तानीसम्बन्धी सेवा प्रदान गरिरहेका छन्। डिजिटल बैंकिङ सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम सेवा तथा क्यूआर भुक्तानी प्रणालीमार्फत ग्राहकहरूले सामान्य कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?