काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बोटलर्स नेपालका दुवै कम्पनी (बोटलर्स नेपाल, तराई) ९ महिनामा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको भन्दा ६९.१० प्रतिशतले थोरै हो । गत वर्ष यसले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको आम्दानी भने ५ अर्ब ८१ करोडबाट घटेर ४ अर्ब ९१ करोडमा झरेको छ ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च २० करोड १२ लाखबाट घटेर १३ करोड ९६ लाख रुपैयाँमा झरेको छ। चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोष (रिजर्भ) मा ४ अर्ब ११ करोड रुपैयाँ जम्मा छ। गत वर्ष रिजर्भमा ३ अर्ब ९८ करोड रुपैयाँ थियो ।
यसको इपीएस ८९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने ३ हजार ४९७ रुपैयाँ छ । यता, बोटलर्स नेपाल (बालाजु) ले ९ महिनामा १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७३.३१ प्रतिशतले थोरै हो। गत वर्ष यसले ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको आम्दानी ७ अर्ब १८ करोड रुपैयाँबाट घटेर ७ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । यता, २३ करोड ३३ लाख रहेको वित्तीय खर्च घटेर १६ करोड २४ लाख कायम भएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ । कम्पनीको इपीएस ६ रुपैयाँ रहेको छ। नेटवर्थ भने ३ हजार ४१२ रुपैयाँ रहेको छ।


































