National life

मध्यदिनमा आएर सुनको भाउ निर्धारण : तोलामा २४ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
527Shares
मध्यदिनमा आएर सुनको भाउ निर्धारण : तोलामा २४ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । मङ्गलवार मध्यदिनमा आएर सुनको भाउ निर्धारण भएको छ । सुनचाँदी  व्यवसायीको आन्दोलनका कारण सुनचाँदीको कारोबार ठप्प हुनुको साथै, दैनिक मूल्य निर्धारणमा विलम्ब हुँदै आएको छ ।

आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य एकैसाथ २ हजार ४ सय रुपैयाँले बढेको छ ।

Royal Enfield
nic asia capital
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १५५ रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?