National life

मध्यपूर्व तनावको प्रभाव : सुन तोलामा ५ हजार ६ सयले उकालो,चाँदीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१८ फागुन २०८२, सोमबार
974Shares
मध्यपूर्व तनावको प्रभाव : सुन तोलामा ५ हजार ६ सयले उकालो,चाँदीको कति ?
ncell

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको थियो। यसरी एकै दिनमा तोलामा ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा हेरिने सुनको माग बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेको हो।

यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो। पछिल्लो वृद्धि भए पनि उक्त रेकर्ड मूल्यभन्दा हालको मूल्य केही तल नै रहेको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको उतारचढाव, अमेरिकी केन्द्रीय बैंकको नीतिगत संकेत, तथा मध्यपूर्वमा देखिएको द्वन्द्व र अस्थिरताले लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा सुनको मूल्यमा चाप परेको जानकारहरुको भनाई छ ।

त्यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भई ६ हजार २० रुपैयाँ कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?