National life

महँगीको मारमा रहेका उपभोक्तालाई थप दबाब, पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
464Shares
महँगीको मारमा रहेका उपभोक्तालाई थप दबाब, पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि
ncell

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरिएको जानकारी दिएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। वृद्धि भएको मूल्य हिजो राति १२ बजेदेखि नै लागू भएको निगमले जनाएको छ।

Royal Enfield
nic asia capital

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि समायोजन गर्नुपर्ने आवश्यकता देखिएको हो। निगमले इन्धन मूल्यवृद्धि उपभोक्तामैत्री हुने दाबी गर्दै आगामी दिनमा मूल्य स्थायित्वमा ध्यान दिने बताएको छ।

यसअघि नै महँगीको मार खेपिरहेका उपभोक्ताका लागि पेट्रोलियम पदार्थमा गरिएको यो मूल्यवृद्धिले थप दबाब सिर्जना गर्ने देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?