National life

महाराजगंजमा सेल्सबेरीको अत्याधुनिक शाखा उद्घाटन,एकै छानामुनी विविध सेवा पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
474Shares
महाराजगंजमा सेल्सबेरीको अत्याधुनिक शाखा उद्घाटन,एकै छानामुनी विविध सेवा पाइने
ncell

काठमाडौं । महाराजगंज चोकबाट दक्षिणतर्फ टिचिङ अस्पताल परिसर नजिकै सेल्सबेरीले आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । छतबाट काठमाडौंको लोभ लाग्दो दृश्य देखिने किसिमले बनाइएको उक्त १३ तल्ले भवनको छत (रुफटप) मा स्विमिङपूल समेत रहेको छ ।

ठ्याक्कै अमेरीकन राजदूतावासको पारिपट्टी पर्ने सेल्सबेरी ग्राहकहरुका लागि सामान खरिद गर्न सहज स्थानमा रहेको छ । मुल सडकसँगै जोडिएकाले पनि उक्त भवन किनमेलनमा सहज हुने देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज बिहान भएको शुभारम्भमा सेल्सबेरीका संचालक सुशिल शाक्यले आफ्नो माता, पिता तथा मामाबाट शो शाखाको उद्घाटन गराएका हुन् ।

एकै छानामुनी ग्राहकहरुले कफि लाउन्ज, डिर्पाटमेन्ट स्टोर, कार्यक्रम कक्ष, रुफ टप, जिम हलको सुविधा प्राप्त गर्न सक्ने छन् । हाल ३२ वटा स्टोर रहेको सेल्सबेरीले निकट भविष्यमा आगामी दुई वर्षमा आफ्ना अन्य १०० स्टोर बिस्तार गर्ने पनि योजना राखेको छ ।

सेलवेज ग्रुप अन्तर्गत चेन डिपार्टमेण्टल स्टोरको रुपमा स्थापित सेल्सबेरीले अन्तर्राष्ट्रियस्तरको सेवा सुरू गरेको जनाएको छ । नयाँ भवनमा बाल मनोरञ्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधासहितको विश्वस्तरीय रेष्टुराँसहित स्वदेशी एवम् अन्तर्राष्ट्रिय गुणस्तरका सामानहरु उचित मूल्यमा उपलब्ध गरी ग्राहकवर्गहरुको विश्वास जित्ने लक्ष्य कम्पनीको छ ।

अत्याधुनिक भवनमा चार तल्ला र बेसमेन्ट पार्किङ हरेको छ । भुइँ तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेन्टल स्टोर सञ्चालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहनेछ । नयाँ भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३ सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिनेछ भन्दै स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि समेत उत्कृष्ट शपिङ डेस्टिनेशन बन्ने कम्पनीको विश्वास छ ।

यससँगै कालिमाटीमा पनि सेल्सबेरीले आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । कालिमाटी ट्रेड सेन्टरमा उक्त नयाँ शाखाको उद्घाटन गरिएको कम्पनीले जनाएको हो । सोही शुभारम्भकै अवसरमा कम्पनीले लक्की ड्र स्किममार्फत बम्पर पुरस्कारहरु पनि घोषणा गरेको छ । एमजी कमेट ईभी, पेस ईभी कार तथा प्रथम पुरस्कार वापत सिगवे नाइनबट ई १०० स्कुटर लगायत अन्य पुरस्कारहरु ग्राहकले जित्न सक्ने कम्पनीले जनाएको छ ।

nic asia capital

 

 

 

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?