काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीच सम्झौता भएकाे छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीच बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने आज सम्झौता भएको हाे ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका हुन् ।



































