काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई खाली हात पारेको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपराह्न ३.३० बजे बसेको ९२ औँ बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरू साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई खाली हात पारेको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपराह्न ३.३० बजे बसेको ९२ औँ बैठकले लाभांश नदिने निर्णय गरेको हो । बैठकले संस्थाको आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरू स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०/८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरू साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।































