National life

माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोड ५३ लाख, अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ माघ २०८०, शुक्रबार
1.1kShares
माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोड ५३ लाख, अन्य सूचक कस्ता ?
ncell

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकले छ महिनाको अवधिमा ८० करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो।

Royal Enfield
nic asia capital
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधीमा दुई अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस आवको छ महिने अवधीमा ५.५६ प्रतिशतले घटेको छ । कम्पनीको खुद मुनाफा २१.४५ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

पछिलो समय बैंकहरुमा देखिएको अधिक तरलताको प्रभाव यस बैंकमा पनि देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.५५ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.६७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.१९ प्रतिशत घटेको छ।

https://aarthikvoice.com/archives/14067

माछापुच्छ्रे बैंकमा एक खर्ब ५२ अर्ब ४८ करोड ५२ लाख ५४ हजार रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै, एक खर्ब २९ अर्ब ९१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको चालु आवको छ महिने अवधीमा प्रतिशेयर आम्दानी १९.९९ रुपैयाँबाट घटेर १३.८६ रुपैयाँमा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ । बैंकको सिडि रेसियो ८०.६१ प्रतिशत रहेको छ भने खराव कर्जा २.६२ प्रतिशत रहेको छ । त्यस्तै, बेस रेट ९.७८ प्रतिशत रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?