National life

युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद जारी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
469Shares
युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद जारी गर्दै
ncell

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने करिब पक्का भएको छ । कम्पनीले १५ प्रतिशत अर्थात १००ः१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनि गरेको हो।

कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको स्वीकृतीका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरण पेश गर्ने र प्राधिकरणबाट स्वीकृत भएपछि पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ भने कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिँदै आएको छ ।

Royal Enfield
nic asia capital
यस्तो अवस्थामा कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्ने तयारी गरेको छ।

त्यस्तै, साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज भएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सको हालको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको तथ्यांकमा देखिन्छ।

 

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?